विश्वकप वार्मअपमा नेपालको समूहमा रहेको नेदरल्यान्ड्सले श्रीलंकालाई हरायो

Image

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको नेदरल्यान्ड्सले श्रीलंकालाई पराजित गरेको छ । मंगलबार भएको विश्वकपको वार्मअप खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई २० रनले पराजित गरेको हो ।

यस खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको श्रीलंका १८ दशमलब ५ ओभरमा १ सय ६१ रनमै अलआउट भयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । नेपालले ४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । भने, ८ जुनमा श्रीलंकासँग खेल्नेछ ।