पाकिस्तानविरुद्ध भारतको ब्याटिङ ध्वस्त, बलिङमा चम्किए यी खेलाडी

Image

काठमाडौं । आईसिसी टी–२० विश्वकप अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई जितका लागि एक सय २० रनको लक्ष्य दिएको छ ।

न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १९ ओभरमा अलआउट हुँदै ११९ रन बनायो ।

भारतका लागि विकेट किपर ब्याट्सम्यान ऋषव पन्तले सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गरेका पन्तले सात चौका प्रहार गरेका थिए ।

त्यस्तै ओपनिङमा उत्रिएका दुवै स्टार क्रिकेटर रोहित शर्मा र विराट कोहलीको ब्याटिङ पनि चल्न सकेन । कोहली केबल ४ रनमा आउट हुँदा रोहितले पनि १३ रन मात्रै जोड्न सके । अक्षर पटेल १८ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाएर आउट भए ।

त्यस्तै सुर्यकुमार यादव ७, शिवम दुवे ३, र रविन्द्र जडेजा शुन्य रनमा आउट भए । पाकिस्तानका लागि नसिम शाह र हरिस रउफले तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका शाहले २१ रन खर्चिएका थिए । त्यस्तै मोहम्मद अमिरको नाममा दुई विकेट रहँदा साहीनशाह अफ्रिदिले एक विकेट लिए ।