एनपीएल : लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नन्दन फाडनिस नियुक्त

Image

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले नन्दन फाडनिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । आगाामी मंसिर १६ गतेदेखि १० टोलीको सहभागितामा एनपीएल आयोजना हुँदैछ ।

त्यसअघि गोवा क्रिकेट संघमा खेलाडीहरूलाई प्रशिक्षण गरेका फाडनिसलाई लुम्बिनीले मुख्य प्रशिक्षक नियुक्त गरेको हो। उनले यसअघि नेपालको राष्ट्रिय क्रिकेट टिमलाई पनि प्रशिक्षण गरिसकेकाका छन् । फडनिसले आफू मुख्य प्रशिक्षकको रुपमा लुम्बिनी लायन्समा समावेश हुन पाउँदा खुसी भएको बताएका छन् ।

‘लुम्बिनी लायन्स क्लबमा हेड कोचको रुपमा समावेश हुन पाउँदा म अत्यन्तै उत्साहित छु । रोहित पौडेलको कुशल नेतृत्वमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा म विश्वस्त छु,’ उनले भनेका छन् ।

क्लबका सञ्चालक ईश्वर जिसीले फडनिसलाई मुख्य प्रशिक्षक बनाउन पाउँदा उत्साहित भएको भन्दै विजय हुन राम्रो मार्गदर्शन प्राप्त हुने विश्वास लिएका छन् ।