काठमाडौं । नेपाल फिफा वरीयतामा यथावत रहेको छ । फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सन् २०२४ को अन्तिम वरीयता सार्वजनिक गर्दा नेपाल १७५औं स्थानमा छ ।
नेपालले अघिल्लो महिना ताजिकिस्तानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। ताजकिस्तानसँग ४- -० ले पराजित भएको नेपालले अफगानिस्तानलाई २-० ले हराएको थियो ।
नेपाल दक्षिण एसियामा नेपालभन्दा अगाडि भारत १२६ र माल्दिभ्स १६२औं स्थानमा छन् । यसैगरी नेपालभन्दा पछाडि भुटान १८२औं, बंगलादेश १८५, पाकिस्तान १९८ र श्रीलंका २००औं स्थानमा छन् । वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत छ ।

















