एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४६ औँ खेलमा, रोयल च्यालेन्जर्स बेंगलुरुले आइतबार दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्यो।
अरुण जेटली रंगशालामा दिल्लीले ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। तर, बेंगलुरुले क्रुणाल पाण्ड्या र विराट कोहलीको अर्धशतकको मद्दतले १९ औँ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो।
खेलमा भुवनेश्वर कुमारले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चेर ३ विकेट लिए । योसँगै उनी आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर बनेका छन्। उनको नाममा अब १९३ विकेट छन्। पहिलो स्थानमा युजवेन्द्र चहल छन्, जसले अहिलेसम्म सर्वाधिक २१४ विकेट लिएका छन्।
तेस्रो स्थानमा पीयूष चावलाले १९२ विकेट लिएका छन् । सुनिल नरेन १८७ विकेटसहित चौथो र रवीचन्द्रन अश्विन १८५ विकेटसहित पाँचौँ स्थानमा छन् ।
आइतबारको खेलमा १७ औँ ओभरमा भुवनेश्वर कुमारले २ विकेट लिए। उनले ओभरको पहिलो बलमा केएल राहुललाई क्याच आउट गराए। त्यसपछि उनले पाँचौँ बलमा आशुतोष शर्मालाई बोल्ड गरे ।