बागमतीकै उत्कृष्ट सहकारी व्यवस्थापक बनिन् रमला सापकोटा

Image

हेटौंडा/ हेटौंडा–२ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक रमला कुमारी सापकोटा बागमती प्रदेशकै उत्कृष्ट व्यवस्थापक घोषित भएकी छन्।

नेफ्स्कुनको ३९औँ स्थापना दिवसका अवसरमा चितवनमा आयोजित समारोहमा सापकोटालाई सम्मान गरिएको हो। दशकभन्दा बढी समय सहकारी क्षेत्रमा सक्रिय सापकोटाले सम्मानले थप जिम्मेवारी र उत्साह मिलेको बताइन्।

हातेमालो सहकारीको कुल सम्पत्ति ८० करोड १० लाख रुपैयाँभन्दा बढी रहेको छ भने संस्थामा ३ हजार ११४ सदस्य आबद्ध छन्। संस्थाले सदस्यको हित र उत्पादनमूलक क्षेत्रमा केन्द्रित भएर काम गर्ने जनाएको छ।

सापकोटासहित सातै प्रदेशका उत्कृष्ट एक–एक जना व्यवस्थापक सम्मानित भएका छन्। हेटौंडा–१३ स्थित महिला सेवा बचत तथा ऋण सहकारी पनि राष्ट्रिय महिला विधातर्फ सम्मानित भएको छ।