हेटौँडा । टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
समितिले आगामी असोज २८ गते बुधबार हेटौँडा–८ स्थित पशुपति मन्दिरको सभाहलमा बिहान ७ बजे कार्यक्रम आयोजना गर्न लागेको हो।
चाडपर्वको अवसरमा आपसी सद्भाव, भाइचारा, एकता र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिएका छन्।
चाडपर्वले टाढिएका मनलाई नजिक ल्याउने, पुराना सम्बन्धलाई नवीकरण गर्ने तथा सामाजिक एकता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै समितिले कार्यक्रममा उपस्थितिका लागि सबैलाई आग्रह गरेको छ।

















