साइबर अपराध र लागुऔषध दुर्व्यसनविरुद्ध हेटौंडा–१५ को अभियान

Image

हेटौंडा । साइबर अपराध र लागुऔषध दुर्व्यसनका बढ्दो चुनौतीबारे नागरिकलाई सचेत गराउने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–१५ मा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।

वडा कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा साइबर अपराधबाट सुरक्षित रहने उपाय, प्रविधिको दुरुपयोगबाट उत्पन्न हुन सक्ने जोखिम तथा लागुऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिइएको थियो।

साइबर अपराधबाट जोगिन डिजिटल माध्यमको सुरक्षित प्रयोग गर्नुपर्ने र लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि व्यक्तिगत सचेतना, पारिवारिक सहयोग तथा सामाजिक जागरुकता आवश्यक रहेको सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको थियो।

साइबर अपराध तथा लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानको सचिवालयका मनोज परियारले जानकारी दिनुभयो।