हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले धर्म, कला, संस्कार, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि प्रदेश सरकारले उचित नीति तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेपालीहरूको महान् चाड विजयादशमीअन्तर्गत मोहनी नखःको अवसरमा लायन्स क्लब अफ नखेलको पहलमा नखेल सांस्कृतिक परिवारद्वारा आयोजित ‘नखेल सांस्कृतिक बाजा नाच २०८३’ कार्यक्रममा उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
मुख्यमन्त्री थापाले मौलिक संस्कृति र परम्पराको जीवन्तता देशको पहिचान र चिनारीसँग जोडिएको उल्लेख गर्दै यस्ता अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन आवश्यक रहेको बताउनुभयो।
उहाँले मौलिक संस्कृति भावी पुस्तासम्म हस्तान्तरण गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै यसको संरक्षणका लागि प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।

















