हेटौँडा । मकवानपुरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थायी घर भई हाल हेटौँडा–९, पशुपतिनगर नजिक डेरा गरी बस्ने ३१ वर्षीय प्रियम यादव रहेका छन्। उनी हेटौँडा अस्पतालमा कार्यरत चिकित्सक हुन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंसिर ६ गते साँझ ७ः५५ बजे किशोरीले घटनाबारे जानकारी गराएपछि प्रहरीले सोही राति यादवलाई हेटौँडा अस्पतालबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।















