जनता समाजवादी पार्टी समायोजनको अधिबेशन बाट अम्बिका काफ्ले कोषाध्यक्षमा निर्वाचित

Image

डडेलधुरा । जनता समाजवादी पार्टी समायोजनको अधिबेशनबाट अम्बिका काफ्ले कोषाध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ ।

राजनिती मा सक्रिय भै पार्टी को विभिन्न आन्दोलन को नेतृत्व गर्दै आएकी काफ्ले एउटा सफल महिला नेतृ को रुपमा आफू लाई स्थापित गर्नु भएको छ ।

समाजसेवा गर्दै आईरहेकी काफ्ले जसपा पार्टी मा लामो समय देखि सक्रिय राजनीति गर्दै आउनु भएको छ । पार्टी ले दिएको जिम्मेवारी इमानदारी पुर्वक निर्वाह गर्नेछु भन्दै आफुलाई लुम्बिनी प्रदेशको जिम्मेवारी दिएको मा पार्टी का नेता तथा कार्यकर्ता हरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।

काफ्ले सङ्गै सदस्यमा फिरोज हल्वाई लगायत युवा हरु निर्वाचित भएका छ्न ।