दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण

Image

दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री केजरीवालले मंगलबार बिहान ट्विटमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले आफूलाई सामान्य लक्षण देखिएको र घरमै आइसोलेसनमा बसेको पनि जानकारी दिएका छन् । उनले पछिल्ला दिनमा आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई पनि आइसोलेसनमा बस्न र कोभिड परीक्षण गराउन आग्रह गरेका छन् ।

मुख्यमन्त्री केजरीवाल पन्जाब, उत्तर प्रदेश र उत्तराखण्डमा हुन गइरहेको विधानसभा चुनावको प्रचारप्रसार कार्यक्रममा सहभागी हुँदै आएका थिए ।

https://twitter.com/ArvindKejriwal/status/1478194868853694470?s=20