राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्‍यो कक्षा ११ को आंशिकतर्फको परीक्षाफल, यसरी हर्नुहोस् नतिजा

Image

२३ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ।

असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरूको परीक्षाफल बिहीबार प्रकाशन भएको हो।‍परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए।

तीमध्ये दुई हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार ७९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षा बोर्डको वेबसाइटwww.neb.gov.np बाट परीक्षाफल हेर्न सकिन्छ।