कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा भोलि आइतबार देखि कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको परीक्षण हुने भएको छ ।
अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाका अनुसार आइतबारदेखि महाकाली अस्पतालमै ओमिक्रोन परीक्षण सुरु गर्ने गरी तयारी थालिएको छ । “गड्डाचौकी नाकाबाट आएका सबैको परीक्षण गर्ने गरी तयारी भइरहेको छ ।” उहाँले “दैनिक एक सय बढी नमुनाहरू परीक्षण हुने बताउनुभयो ।”
अस्पतालले ओमिक्रोन परीक्षण सुरु गरे नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा पठाउनुपर्ने बाध्यता हट्नेछ । पछिल्लो समय गड्डाचौकी नाका भएर चल्ने नेपाल–भारत मैत्रीबसमा सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ । गड्डाचौकी नाका भएर नेपाल भित्रिनेहरूमा संक्रमणदर दिनहुँ बढ्दै गएको छ ।












