बैतडी मालपोत कार्यालयले आलोपालो सेवा दिँदै (सूचना-सहित)

Image

बैतडी । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि बैतडी जिल्ला मालपोत कार्यालयले आलोपालो सेवा दिन शुरु गरेको छ ।

कार्यालयमा सेवा लिन पुग्ने नागरिकले अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने र कोभीड विरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने (मोबाइलमा फोटो भए हुने) कार्यालय प्रमुख दिलाराम भट्टले बताए ।

  • आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ ।
  • सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ ।
  • मंगलबार दोगडाकेदार र डिलाशैनी गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ ।
  • बुधबार पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ ।
  • बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइनेछ ।

माघ ७ गतेदेखि नै मालपोत कार्यालयले आलोपालो सेवा प्रणाली शुरु गरेको मालपोत कार्यालयले जनाएको छ।