बैतडीमा टेलिकमको टावरमै खेल्छन् केटाकेटी, सञ्चार सेवा अवरुद्ध

Image

बैतडी । बैतडीको नेपाल टेलिकमको एक टावरको दुर्दशा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जिल्लाको पुर्चौडी नगरपालिका-५ स्थित दहताल डाँडामा रहेको नेपाल टेलिकमको टावर र सोलार प्यानलमै बालबालिकाहरुले खेल्ने गरेको भेटिएपछि भाइरल बनेको हो।

उक्त टेलिकमको टावरमा केटाकेटीहरुले चढेको र सोलार प्यानलमै चिप्लेटी खेलेको तस्वीर समेत सार्वजनिक भएको छ। लापरवाहीका कारण यस्तो अवस्था आएको त्यहाँका स्थानीयले बताएका छन् । सो क्षेत्रमा माघदेखि टेलिफोन सेवा समेत अवरुद्ध रहेको स्थानीय जय चन्दले बताए। उनले सेवा अवरुद्ध हुदा नागरिकलाइ सास्ती भएको बताए।

यता, नेपाल टेलिकम बैतडीका प्रमुख ब्रिकमराम टमाटाले प्रहरी र स्थानीय सरकारलाइ खबर गरेर खेल्नमा रोक लगाउने बताए। घाम नलागेकाले टेलिफोन सेवा अवरुद्ध रहेको र विद्युत नहुदा सो क्षेत्रमा समस्या रहेको उनले बताए।