इमर्जिङ नेपालकाे आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

Image

काठमाडौँ

इमर्जिङ नेपालकाे आइपिओ सूचिकृत भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको ५५ लाख ५६ हजार कित्ता आइपिओ सूचिकृत भएको हो।

आइपिओ सूचिकृत भएसंगै कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम एक सय ५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३ सय १५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज प्रदान गरिएको छ । यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ । कम्पनीकाे आइपिओलाई सेयर काराेबार गर्नका लागि ईएनएल (ENL) संकेत प्रदान गरिएको छ ।