यसरी हेर्न सकिनेछ नेपाल र पीएनजीको म्याच ‘लाइभ’

Image

काठमाडौं।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा पीएनजीसँग खेल्दैछ। नेपाल र पीएनजीबीचको खेल बुधबार बिहान ११:१५ बजेदेखि मा यूएईको शारजहा क्रिकेट मैदानमा सुरु हुनेछ।

मैत्रीपूर्ण खेलहरू खेलेपनि नेपालले पीएनजीसँग लिग–२ मा पहिलोपटक खेल्न लागेको हो। नेपाली टिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ। लिग–२ अन्तर्गत ७ टिम सहभागी छन्।

सिरिजमा नेपालले अहिलेसम्म दुई सिरिज खेलिसकेको छ। दुई वर्षअघि नेपालमा भएको सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो।

यस्तै अर्को सिरिज ओमानमा भएको थियो। ओमानमा नेपालले घरेलु टिमसँगै अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो। लिग–२ मा नेपालले ८ खेलमा ४ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो।

८ अंक जोडेको नेपाल अंक तालिकमा छैटौं स्ठानमा छ। लिग–२ सहभागी ७ टिममध्ये पीएनजी सबैभन्दा कमजोर टिम हो। उसले १३ खेल खेल्दा सबैमा पराजय बेहोरेको छ। लिगमा समेत पीएनजी पहिलो जितको खोजीमा रहेको छ।

नेपाल र पीएनजीबीच हालसम्म दुई वटा वानडे म्याच भएका छन्। दुवै म्याच नेपालले नै जितेको छ। ओमानमा भएको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेट र दोस्रो म्याचमा १ सय ५१ रनले विजयी भएको थियो। नेपाल र पीएनजीबीचको खेल लाइभ हेर्न मिल्ने भएको छ। फ्यानकोडले युट्युबमा प्रत्येक्ष प्रशारण गर्ने भएको हो। उसले आफ्नो आधिकारिक ट्विटरमार्फत नेपाल र पीएनजीबीचको म्याच लाइभ हुने जनाएको छ।

पीएनजीविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, सन्दीप लामिछाने र सागर ढकाल।