त्रिवि सेवा आयोगद्वारा परीक्षा स्थगित

Image

काठमाडौ।

त्रिभुवन बिश्वबिद्धालय सेवा आयोगद्वारा उपप्राध्यापक पदको लिखित परीक्षा स्थगित गरिएको छ। सर्बोच्च अदालतको मिती २०७८ पुस १९ को आदेश बमोजिम त्रिवि सेवा आयोगको कार्यलयबाट मिति २०७८ चैत ८ देखि संचालन हुने लिखित परिक्षा स्थगित गरिएको हो।

आयोगका अनुसार चैत ८ दिल्ली हुने परिक्षा कार्यक्रम प्रकाशित गरिएकोमा सर्बोच्च अदालतबाट बिज्ञापन नं. ७०१/०७७/०७८ देखि ८२५/०७७/०७८ सम्मको पदपुर्ती गर्मे काम नगर्न, नगराउनु भने आदेश आएकोले स्थगित गरिएको बताइएको छ।

आयोगले सर्बोच्च अदालतबाट अर्को आदेश प्राप्त हुना साथ परिक्षा तालिका प्रकाशित गरिने बताइएको छ।