यूएईमाथि पीएनजीको ‘ऐतिहासिक’ जित भएपछी नेपाललाई यसरी हुन्छ ठूलो फाइदा

Image

काठमाडौं।

यूएईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा घरेलु टोली यूएईविरुद्ध पपुवा न्यूगिनी (पीएनजी) ६ विकेटकाे विशाल जित निकालेकाे छ। यूएईले दिएको १ सय ४८ रनको लक्ष्य पीएनजीले ३६.२ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो।

पीएनजीले पहिलोपटक वानडेमा यूएईलाई हराएर ‘ऐतिहासिक’ जित निकालेकाे छ । यसका साथै उसले लिग–२ मा पनि पहिलो जित निकालेको छ।

पीएनजीको जितमा कप्तान असद भालाले अर्धशतकीय पारी खेले। उनले ९७ बलमा ६ चौकासहित नटआउट ६८ रनको योगदान दिए। यो उनको पाँचौं एकदिवसीय अर्धशतक हो।

यस्तै, चार्ल्स अमिनीले ३६, रायली हेकरले १६, लेगा सियाका र टोनी उरा समान १०–१० रन बनाए। यूएईका लागि काशिफ दाउद, रोहन मुस्तफा र कप्तान अहमद राजाले समान १–१ विकेट लिए।

त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। उसका लागि रोहन मुस्तफाले अर्धशतकीय पारी खेले।

उनले १ सय ४४ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ८८ रनको योगदान दिए। यो उनको तेस्रो वानडे अर्धशतक हो। २० रन नजोड्दै सुरुवाती ५ विकेट गुमाएको यूएईको पारी मुस्तफाले उकासेका हुन्।

यस्तै, बासिल हमिदले २० रन बनाउँदा बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। पीएनजीका लागि अलेइ नाओले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा १ मेडनसहित २७ रन दिँदै ४ विकेट लिए।

यस्तै, चाड सोपरले ३, रिले हेकुरेले २ विकेट हात पारे। यस जितसँगै पीएनजीले पोइन्ट टेलबमा पनि २ अंक जोडेको छ। यस लिगमा १५ म्याचमा पीएनजीले एक खेल मात्रै जितेको छ।

यूएई १७ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ। लिग–२ को शीर्ष स्थानमा ओमान रहेको छ। अब यूएईले सोमबार नेपालसँग खेल्नेछ।

पीएनजीले अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्नेछ। लिग–२ मा कुल ७ टिम सहभागी छन्। नेपालले १० खेलमा १० अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ।