काठमाडौं ।
भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले आज घरेलु टोलीविरुद्ध खेल्दैछ । खेल जमसेदपुरमा बेलुका सवा ७ बजे सुरु हुनेछ । आज भारतलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ ।
तर, उपाधि दावेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । हालसम्म यू–१८ साफमा नेपालले भारतलाई हराउन सकेको छैन । यदि आज जित निकाल्न सके नेपालले इतिहास रच्नेछ । नेपालले पहिलो खेलमा भारतसँग ७–० र दोस्रो खेलमा बंगलादेशसँग ४–२ को हार बेहोरेको थियो। 
डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो भेटमा भारतले नेपाललाई ७–० ले हराएको थियो । भारत त्यसलाई कायम राख्दै लगातार तेस्रो जितको खोजीमा हुनेछ । उसले दोस्रो खेलमा बंगलादेशमाथि १-० को कठिन जित हात पारेको थियो ।
तीन टोली सहभागी प्रतियोगितामा भारत भारत २ खेलका ६ अंकका साथ शीर्ष स्थानमा छ । बंगलादेश ३ अंकका दोस्रो स्थानमा रहँदा अंकबिहीन नेपाल पुछारमा छ ।













