काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ को एकदिवसीय सिरिजमा यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सस्तैमा ६ विकेट गुमाएको छ । नेपालले ६९ रन बनाउँदा महत्वपूर्ण ६ विकेट गुमाएको हो । नेपालले छैटौं विकेटको रूपमा ज्ञानेन्द्र मल्ललाई गुमायो । उनी ३० रनमा आउट भए ।
त्यस्तैै, आरिफ शेख १५, रोहितकुमार पौडेल ९, कुशल भुर्तेल ५, दीपेन्द्रसिंह ऐरी शून्य र पवन सर्राफलाई २ रनमा आउट भइसकेका छन् । अहिलेसम्म यूएईका कप्तान अहमद राजा, जुनैद सिद्धिकी र काशिफ दाउतले दुई–दुई विकेट लिएका छन् ।
त्यसअघि, दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनायो । उसका लागि रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । उनले ७३ बलमा एक छक्का र दुई चौकाको मद्दतमा ६० रन बनाए ।
त्यस्तै, मोहम्मद वसीमले ३३, चिराग सुरीले २६, वृत्य अरविन्दले २४, बसिल हमीदले १७, आलीशान शराफुले २१ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा एक मेडनसहित ३२ रन दिएर ३ विकेट लिए । त्यस्तै, सोमपाल कामी, करण केसीले दुई/दुई, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पारे ।
















