काठमाडौं ।
आईपीएल २०२२ मा लखनउ सुपर जायन्ट्सको टोलीले जिम्बाब्वेका तीव्र गतिका बलर ब्लेसिङ मुजरबानीलाई अनुबन्ध गरेको छ । इंग्ल्यान्डका मार्क वुडको स्थानमा मुजरबानीलाई लखनउले टिममा अनबुन्ध गरेको हो ।
वेस्ट इन्डिज र इङ्ल्याण्डबिच चलिरहेको टेष्ट सिरिजको पहिलो खेलमा चोट लागेका कारण उड आईपीएलबाट बाहिरिएका थिए । अब उनको स्थानमा जिम्बाब्वेका मुजरबानी समावेश भएका हुन् । जिम्बाब्वेका खेलाडी ८ वर्षपछि आईपीएलमा खेल्न लागेका हुन् ।
यसअघि जिम्बाब्वेका ततेन्दा ताइबु, रे प्राइस र ब्रेण्डन टेलर आईपीएलमा अनुबन्ध भएका थिए । अब मुजरबानी आईपीएलमा अनुबन्ध हुने चौथो खेलाडी बनेका छन् । हरारेमा जन्मेका मुजारबानीले जिम्बाब्वेको प्रतिनिधित्व गर्दै ६ टेस्ट, ३० एकदिवसीय र २१ टी–२० मा ८३ अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।
उनले पाकिस्तान सुपर लिग (पीएसएल) मा पनि मुल्तान सुल्तान्सको प्रतिनिधित्व गरिसकेका छन् । टी–२० करियरमा उनले ४० खेल खेलेका छन् । जसमा मुजरबानीले करिब ८ को इकोनोमी रन रेटमा ४४ विकेट लिएका छन् । जहाँ उनको औसत १९.६ रहेको छ ।













