पिएनजीविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, तेस्रो ओभरमै लियो महत्वपूर्ण विकेट

Image

काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को वानडे सिरिजअन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । उत्कृष्ट सुरुवात दिलाउने क्रममा करण केसीले पहिलो विकेट लिएका छन् । उनले पिएनजीका टोनी उरालाई २.३ ओभरमा ६ रनमा विनोद भण्डारीको हातबाट क्याच आउट गराए ।

आज पनि नेपालले टस जितेर पहिला बलिङ गरिरहेको हो । खेल दुबई अन्तर्राष्ट्रिय मैदानमा भइरहेको छ । नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । आसिफ शेख टिममा फर्कदा भीम सार्कीले पनि मौका पाएका छन् । अघिल्लो खेल खेलेका ज्ञानेन्द्र मल्ल र विक्रम शोव टिममा छैनन् ।

नेपालको प्लेइङ–११ : भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकिपर), पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, आसिफ शेख, सन्दीप लामिछाने (कप्तान) र सोमपाल कामी ।