वानडे र टी-२० सिरिजका लागि नेपालको टोली घोषणा, यी खेलाडीले पाए मौका

Image

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न एकदिवसीय सिरिज र त्रिकोणात्मक टी–२० श्रृंखलाका लागि टोली घोषणा गरेको छ । क्यानले आज दुई फरकफरक टोली घोषणा गरेको हो । दुवै टिममा कप्तानको जिम्मेवारी सन्दीपले नै पाएका छन् ।

क्यानले घोषणा गरेको वानडे टिममा देव खनालले पहिलोपटक मौका पाएका छन् । साथै, अनुभवी खेलाडी अनिल शाह पनि टिममा अटाउन सफल भएका छन् । विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, आशिफ शेखलगायत नियमित सदस्यले वानडेमा टोलीमा अवसर पाएका छैनन् ।

त्यस्तै, आदिल अन्सारीले पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय म्याचका लागि टोलीमा स्थान बनाएका छन् । त्यस्तै, टिममा दिलिप नाथले कमब्याक गरेका छन् । उनी लामो समय टोली बाहिर थिए । ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी जस्ता अनुभवी खेलाडी भने टी–२० टिममा पनि अटाउन असफल भएका छन् ।

नेपालले केही दिनमा पिएनजीसँग नै दुई खेलको वानडे सिरिज खेल्दैछ । सो सिरिज २५ मार्चदेखि सुरु हुनेछ । त्यसपछि नेपालले घरेलु मैदानमा २८ मार्चदेखि पिएनजीसहित मलेसियासँग त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ ।

वानडे र टी–२० त्रिकोणात्मक सिरिजका लागि टोली। हेर्नुस् सूची :