काठमाण्डाै – नेपालमा हुने टी–२० र एकदिवसीय क्रिकेट शृङ्खलाका लागि राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज मङ्गलवार सूचना निकालेर यसबारेमा जानकारी दिएकाे हाे ।
नेपालले यही चैत ११ र १२ गते त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) सँग दुई वटा एकदिवसीय खेल खेल्दैछ । यस्तै मार्च २८ देखि अप्रिल ४ तारिखसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच सात वटा खेलको टी–२० शृङ्खला हुँदैछ । दुवै फर्म्याटको खेलमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर ब्याटर विनोद भण्डारी परेका छैनन् । युवा खेलाडीलाई टिममा राखिएको छ ।
एकदिवसीयमा सागर ढकाल, अनिल साह, विक्रम शोब, देव खनाल, गुल्सन झा, भीम सार्की लगायतका खेलाडी राखिएको छ । यस्तै टी–२० मा पनि विवेक यादव, दिलिप नाथ, लोकेश बम, अदिल अन्सारी, अविनाश बोहरा लगायतका खेलाडी परेका छन् ।
















