काठमाडौं ।
एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणमा नेपालले आज (बुधबार) राति बलियो टोली जोर्डनको सामना गर्दैछ । प्रतिस्पर्धा गर्दैछ । नेपाल र बलियो टोली जोर्डनबीचको खेल नेपाली समयअनुसार राति १ बजे हुनेछ ।
खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा हुनेछ । सिनियर ११ खेलाडीविना कुवेत पुगेको नेपाललाई जोर्डनविरुद्धको खेल युवा टोलीको परिक्षा हुनेछ । फिफा वरीयता हेर्ने हो भने नेपाल फिफा वरीयतामा १६८ औं स्थानमा छ भने जोर्डन ९१ औं स्थानमा छ । याे सँगै नेपाल भन्दा जोर्डन ७७ औ स्थान अगाडी रहेको छ ।
नियमित कप्तान किरण चेम्जोङ र उपकप्तान रोहित चन्दसहित ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादपपछि उनीहरु क्याम्प छाड्न बाध्य बनेको थियो ।
मुख्य प्रशिक्षक अलमुताईरी जोर्डनविरुद्ध विना दवाव खेल्ने बताएका छन् । ‘हामीलाई दवाव छैन । हाम्रो समूहमा हामी ४ पोटको राष्ट्र हौँ । त्यसैले हामीमा कुनै दबाब छैन ।’ प्रि म्याच पत्रकार सम्मेलनमा अलमुताईरीले भने, ‘यस खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ ।’
यो पनि : एसियन कप छनोटमा जोर्डनविरुद्ध खेल्नुअघि यस्तो भन्छन् प्रशिक्षक अल्मुताइरी
टोलीको प्रशिक्षण सुरु भएको दिन नै सञ्चारकर्मीसँग टोली एसियन कपमा छनोट नहुने बताइसकेका प्रशिक्षक अलमुताइरीले आफुले जोर्डनको खेल हेरेको बताउँदै अहिलेको टिम २०२६ को विश्वकप छनोटको तयारीका लागि रहेको समेत बताए । ‘हामी सन् २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौं । हामीसँग ११ नयाँ खेलाडी छन् र उनीहरुको औसत उमेर २१ वर्ष छ ।’ उनले थपे ।
किरणको अनुपस्थितिम्मा कप्तानीको जिम्मेवारी पाएका नवयुग श्रेष्ठले जोर्डनविरुद्ध उत्कृष्ट खेल पस्कने बताए । ‘पक्कैपनि जोर्डन हाम्रो लागि बलियो प्रतिद्धन्द्धी हो । हामी आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौं । सबै कुरा प्रदर्शनमा निर्भर रहन्छ ।’ कप्तान नवयुगले भने । कुवेत जानुअघि नेपालले कतारको दोहामा १० दिन विशेषतयारीसँगै तीन मैत्रीपूर्ण खेल खेलेको थियो ।
छनोटको समूह ’ए’ मा रहेको नेपालले जेठ २८ मा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।
नेपाल र जोर्डनबीचको विगत कस्तो?
नेपालले हालसम्म जोर्डनसँग चार खेल खेलको छ । जसमा नेपालले तीन हार एक बराबरीको नतिजा निकालेको छ । नेपाल–जोर्डनले सन् २०११ मा पहिलोपटक एकअर्काको सामना गरेका थिए । विश्वकप छनोटअन्तर्गतको उक्त भेटमा नेपालविरुद्ध जोर्डनले ९–० को फराकिलो जित हात पारेको थियो । सोही वर्ष विश्वकप छनोटअन्तर्गत नै घरेलु मैदानमा नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो ।
नेपालले विश्वकप छनोटअन्तर्गत सन् २०१९ र २०२१ मा भएको भेटमा समान ३–० को हार बेहोरेको थियो । इतिहास हेर्दा नेपालले जोर्डनसँग १६ गोल बेहोर्दा एक गोल मात्र फर्काउन सकेको छ । यदि बुधबार राति जोर्डनविरुद्ध २ गोल गर्न सके नेपालले इतिहास रच्नेछ । हालसम्म एकै खेलमा नेपालले जोर्डविरुद्ध २ गोल गर्न सकेको छैन ।
यो पनि : एसियन कप छनोटमा जोर्डनको सामना गर्दै नेपाल, यस्तो छ दुवैबीचको हेड टु हेड नतिजा
यो पनि : नेपाल र बलियो टोली जोर्डनबीच खेलको लाईभ हेर्न सकिने, यस्तो छ हेर्ने तरिका
















