Khabar Board

शरीरबाट गन्ध आएको भनेर विमानबाट निकालिएको भन्दै मुद्दा दायर

वासिङटन । अमेरिकामा तीन काला जातिका मानिसले आफूहरूमाथि जातीय विभेद गरिएको भन्दै अमेरिकन एयरलाइन्सविरुद्ध मुद्दा दायर गरेका छन् ।

शरीरबाट गन्ध आएको भन्दै उक्त एयरलाइन्सले एउटा उडानका क्रममा उनीहरूलाई विमानबाट बाहिर निकालेको त्यससम्बन्धी मुद्दाको अभियोगमा उल्लेख छ ।

अलग–अलग स्थानमा बस्ने र त्यसअघि चिनजान समेत नभएका उनीहरूले गएको जनवरी ५ मा एरिजोनाको फोइनिक्सबाट न्युयोर्कको उडानमा जान लागेका बेला आफूहरूलाई विमानबाट निकालिएको दाबी गरेका छन् ।

उनीहरूले बुधबार जारी गरेको संयुक्त विज्ञप्तिमा एयरलाइन्सले आफूहरूलाई काला जाति भएकामा लज्जित र हतोत्साहित गरेको उल्लेख छ ।टेक्सासमा मुख्य कार्यालय रहेको उक्त एयरलाइन्सले घटनाबारे अनुसन्धान गरिरहेको र यो आरोप एयरलाइन्सको मान्यताअनुरूप नभएको जनाएको छ ।

ती व्यक्तिहरूका तर्फबाट एड्भोकेसी ग्रुप पब्लिक सिटिजनले जनाएअनुसार, उनीहरू फोइनिक्समा विमानभित्र चढेर सिटमा बसिसकेपछि फ्लाइट एटेन्डेन्ट आएर बाहिर जान भनिएको थियो । बीबीसीबाट

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.