बझाङमा जिप दुर्घटना : एकै परिवारका तीनसहित चार जनाको मृत्यु

Image

बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । जिल्लाको तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा तलकोट गाउँपालिका-२ मा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाका अनुसार जिप चालक केदारस्यूँ गाउँपालिका-१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका-४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामी र धामीकै नातिनी ६ वर्षीया बालिका आकृति धामीको मृत्यु भएको हो ।

‘तीन जनाको घटनास्थलमै र बालोका धामीको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा मृत्यु भएको हो,’ इन्सपेक्टर ठगुन्नाले भने, ‘बिहीबार राति दुर्घटना भएको हो । कारण खुलेको छैन ।’