सिवाईसीको आईपीओ पर्यो कि परेन ? सबैभन्दा छिटाे नतिजा कसरी हेर्ने ?

Image

काठमाडौं ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । विहीबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्शालमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो । गत सोमबार ४ बजे प्रि-अलटमेन्ट सम्पन्न भएको थियो ।

कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आईपीओ निष्कासन गरेको थियो ।

सिवाईसी नेपालको आईपीओ बाँडफाँड सम्पन्न

जसमध्ये ३६ हजार ९४० जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल २२ लाख ५ हजार ६३३ जनाले आवेदन दिएकामा ३ हजार २७२ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख २ हजार ३६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो ।

जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

सीडीएसका अनुसार बैशाख ६ गते अर्थात अन्तिम दिन साँझ ५ बजेसम्म २२ लाख ७७ हजार ७ सय ४३ जना लगानीकर्ताले २ करोड ५६ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ६९.५२ गुणा धेरै हो ।

कसरी हेर्ने रिजल्ट ?

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । त्यसैगरी iporesult.cdsc.com.np, बिक्रि प्रबन्धकको साइट ( prabhucapital.com/share-allotment ) बाट नतिजा हेर्न सकिनेछ ।

छिटाे कहाँबाट हेर्ने ?

नतिजा डिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे ( iporesult.cdsc.com.np ) नामक वेभसाइट र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडकाे वेभसाइट globalimecapital.com/ipo-fpo-share-allotment-check बाट हेर्न सकिनेछ ।