काठमाडौँ ।
सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ । सरकारकाे उक्त निर्णयसँगै सेयर बजार के हाेला भन्ने लगानीकर्ताहरूकाे चासाे थियाे ।
सेबोनका अध्यक्ष रमेशकुमार हमालले अनुसार शुक्रबार शेयर बजार खुलाउन निर्देशन दिइसकेको र थप आवश्यक प्रक्रियाबारे कार्य गरि रहेको बताए । यस अघि आइतबारदेखि बिहीबारसम्म ५ दिनमात्र सेयर कारोबार हुने गरेकोमा सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै ४ दिन मात्र शेयर बजार खुल्ने आंशका रहेको थियो ।

सरकारको आइतबार सार्वजनिक बिदा दिने निर्णय अनुसार नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको साटो शुक्रबार सेयर कारोबार खोल्ने विषयमा छलफल गर्दैआएको थियो
बाेर्ड अध्यक्ष हमालले लगानीकर्ताकाे चासाे मेटाउँदै शुक्रबार पनि सेयर बजार खुलाउन सेबाेनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिइसकेको जानकारी दिएका छन् ।
