रिभर फल्स पावरको आईपीओमा अन्तिम दिनसम्म यति धेरै पर्‍यो आवेदन

Image

काठमाडौं ।

रिभर फल्स पावरको आईपीओ खरीदका लागि १८ लाख ३८ हजार ४३१ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार अन्तिम दिन अर्थात् बुधवार साँझ ५ बजेसम्म यी आवेदकहरुबाट २ अर्ब ११ करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ८२० कित्ताको शेयर खरीद माग भएको हो । जुन मागभन्दा ८ दशमलव ३३ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्ने गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर वेब तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।