Khabar Board

सगरमाथा जलविद्युत कम्पनीले ५४ लाख ८८ हजार कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौँ ।

सगरमाथा जलविद्युत कम्पनीले ५४ लाख ८८ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यसैक्रममा कम्पनीले आईपीओ निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई आज शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा सगरमाथा जलविद्युत कम्पनीका अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाईं तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा सगरमाथा जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईं तथा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर बासु थपलियाको उपस्थिति रहेको थियो ।

समाजिक बिकास कार्यालय बैतडी

जारी पूँजी रु. १ अर्ब १२ करोड मध्ये स्थानीयका लागि १० प्रतिशत वापत ११ लाख २० हजार कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि रु. ४३ लाख ६८ हजार कित्ता गरी जम्मा ५४ लाख ८८ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक गुरागाईंले जानकारी दिए ।

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.