काठमाठौं । राजस्व अनुसन्धान विभागले राजश्व छलीमा संलग्न रहेको आरोपमा १३ वटा फर्मविरुद्ध ४४ करोड ३८ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।
विभागका अनुसार वीरगञ्ज र काठमाडौंका होलसेल व्यपारीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको हो । उनीहरुलाई बिगोबापत २२ करोड १९ लाख ४६ हजार ७०३ रुपैयाँ र सोही बराबरको शत प्रतिशत जरीवाना समेत गरी कुल ४४ करोड ३८ लाख ९३ हजार ४०७ रुपैयाँ मागदाबी गरिएको छ ।
विभागले पशुपति रोड क्यारियर नेपाल प्रालिका महेन्द्रप्रसाद गुप्ता, राजेन्द्रप्रसाद गुप्ता र मधुकुमारी गुप्ता, न्यू कामना सप्लायर्सका रेखा जैसवाल र राकेशप्रसाद जैसवालविरुद्ध १० करोड ९२ लाख ५६ हजार ६०१ रुपैयाँ बिगो कायम गरेको छ । उनीहरु विरुद्ध सोही रकम बरार जरीवानासहित विभागले २१ करोड ८५ लाख रुपैयाँ माग दाबी गरिएको छ ।
यस्तै सद्रानियन इम्पेक्सका भरतकुमार अग्रवालविरुद्ध ७ करोड ३६ लाख, आर एन्ड एस इन्टरनेशनल प्रालिका अमित प्रधान र सुजित मर्हजनविरुद्ध २ करोड ८९ लाख, अरुण क्लोथ शपका चन्द्रबहादुर श्रेष्ठ र अभिषेककुमार डालमियाविरुद्ध ५ करोड ३२ लाख रुपैयाँ माग दाबी गरिएको छ ।
अर्को सप्लायर्स एनए इम्पेक्सका रिमा केडिया र सुभाषचन्द्र अग्रवालविरुद्ध एक करोड ८१ लाख ७२ हजार १४६ रुपैयाँ बराबरको राजस्व छली गरेको विभागले जनाएको छ । एआर साडी कलेक्सन, एजिलिटी मार्केट्स कम्पनी, खुसी साडी कलेक्सन, एचडीएम इन्टरप्राइजेज, राजकुमार एन्ड सन्स, न्यू उत्सव ट्रेड कन्सर्न, दामोदर रिमाल र फेसन ब्वाइ सेन्टरविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ ।