Khabar Board
Flash logo up side
flash header

अमेरिकी डलर र कुवेती दिनारको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

Nirbachan m

काठमाडौं  ।

Center article

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको विनिमय दर अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिन राष्ट्र बैंकले डलर एकको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७८ पैसा तोकेकोमा आज डलर एकको खरिददर १२६ रुपैयाँ ३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।

युरोपियन युरोको विनिमय दर भने सोमबारको तुलनामा आज बढेको छ। आज युरोपियन युरो एकको खरिदमा १३१ रुपैयाँ ७० पैसा र बिक्रीमा १३२ रुपैयाँ ३३ पैसा पाइन्छ। अघिल्लो दिन युरो एकको खरिदमा १३१ रुपैयाँ ५९ पैसा र बिक्रीमा १३२ रुपैयाँ २२ पैसा पाइन्थ्यो।

आज अष्ट्रेलियन डलरको विनिमय दर पनि बढेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने आज ९८ रुपैयाँ ११ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५८ पैसा पाइन्छ।

मंगलबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ४७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने आज २८ रुपैयाँ ५६ पैसा र बिक्रीमा २८ रुपैयाँ ६९ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनारको विनिमय दर पनि घटेको छ। अघिल्लो दिन कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ३७ पैसा पाइन्थ्यो भने आज यसको खरिददर ४१० रुपैयाँ ८२ पैसा र बिक्रीदर ४१२ रुपैयाँ ७७ पैसा पुगेको छ। आज बहराइन दिनार एकको खरिदमा नेपाली ३३४ रुपैयाँ २९ पैसा र बिक्रीमा ३३५ रुपैयाँ ८८ पैसा पाइन्छ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.