काठमाण्डाैं ।
सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।
कम्पनीले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ कराेड ३१ लाख २५ हजार रूपैयाँ बराबरकाे ८३ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न असार २४ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।
कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यसैबीच नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज शुक्रबार स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार संस्थाको १९ प्रतिशत बाेनस बापतकाे १७ लाख ९१ हजार ७ सय कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । बुक क्लाेज अवधिका लगानीकर्ताहरुले उक्त बाेनस पाएका हुन् ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाैष १५ गते, बिहीबार सम्पन्न भएकाे २० औं वार्षिक साधारण सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।