काठमाण्डाैं ।
हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि असार १९ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज (साउन २० गते, शुक्रबार) नेप्सेमा सूचिकृत भएकाे छ ।
स्टकका अनुसार कम्पनीकाे एक कराेड ९ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि न्युनतम ७६ रूपैयाँ ३३ पैसादेखि अधिकतम २ सय २८ रूपैयाँ ९९ पैसा ओपनिङ्ग रेञ्ज ताेकेकाे छ । त्यस्तै, कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि HHL सिम्बाेल प्राप्त गरेकाे छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ८३ हजार ४७ जनाले सेयर हात पारेका थिए ।
यसैबीच मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ९ गते, साेमबारदेखि साउन १२ गते, बिहीबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड साउन १७ गते, मंगलबार नै सम्पन्न भइसकेकाे छ ।
कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०२ रूपैयाँदेखि अधिकतम ३ सय ६ रुपैयाँ ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।
कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ १०२ रूपैयाँ रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३ सय ६ रुपैयाँ हुन्छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेकाे थियाे ।
जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी १ लाख ९ हजार ३ सय ७४ जना लगानीकर्ताहरूले सेयर हात पारेका थिए । जसमध्ये ९ जना लगानीकर्ताहरूले ११ कित्ता र बाँकी लगानीकर्ताहरूले १० कित्ता पाएका हुन् ।