अभियान लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न , यसरी हेर्नुहाेस नतिजा

Image

काठमाडौं ।

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटले आफ्नो कार्यलय नक्सालमा शेयर बाँडफाँट गरेको हो ।

माग भन्दा बढी आवेदन परेको हुदा आईपीओ गोलाप्रथा द्वारा बाँडफाँट गरिने भएको छ । यसरी बाँडफाँट गर्दा ९१ हजार ३७५ जना आवेदकले मात्रै शेयर पाएका छन् भने बाकि आवेदनको हात खाली भएको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कसरि हेर्ने नतिजा : १) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला। २) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला। ३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस। ४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला। ५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला। ६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

कम्पनीकाे आईपीओकाे नतिजा मुक्तिनाथ क्यापिटलको वेबसाइट, निष्काशनकर्ता अभियान लघुवित्तको वेबसाइट तथा मेरो सेयरको आईपीओ रिजल्टको वेबसाइटबाट हेर्न सकिनेछ । त्यस्तै, प्ले स्टोरबाट सेयर हब एप्लिकेसन डाउनलोड गरी एकै पटकमा धेरै आईपिओको नतिजा समेत हेर्न सकिनेछ ।