Khabar Board
Flash logo up side
flash header

१९ वटा सार्वजनिक संस्थान घाटामा, निजीकरण गरिने अर्थमन्त्रीको उद्घोष

Nirbachan m

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले हाल सञ्चालित कुल ४४ सार्वजनिक संस्थानहरूमध्ये १९ वटा संस्थान घाटामा चलेको बताएका छन् । आइतबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा जारी चालु आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा.महतले अधिकांश सार्वजनिक संस्थानहरूको उपलब्धि नदेखिएको बताउँदै त्यस्ता संस्थानहरूलाई निजीकरण वा सार्वजनिक गर्न आवश्यक रहेको बताए ।

सार्वजनिक संस्थाको वार्षिक कार्य प्रगति, कार्य व्यवस्था, अध्ययन विश्लेषण गरिएकोमा सञ्चालन तथा व्यवस्थापनका कारणले ४४ संस्थानहरूमध्ये २५ वटा मात्र नाफामा रहेको बताए । चालू आर्थिक वर्षमा सेयर लगानी वा ऋण लगानी गरी कूल ६ खर्ब १८ अर्ब रुपैयाँ सरकारी लगानी रहेकोमा जम्मा ६ अर्ब १८ करोड अथार्त लगानीको १ प्रतिशत मात्र लाभांश प्राप्त भएको उनले बताए । समीक्षा अवधिमा २०.३ प्रतिशत सार्वजनिक संस्थानहरूको लाइब्रीटि घटेको अर्थमन्त्री डा.महतको भनाइ छ ।

Center article

सोही अवसरमा अर्थमन्त्री डा.महतले सामाजिक संस्थाहरूलाई निजी क्षेत्रमा रूपान्तरण गरेर चलाइने, निजीकरण गरिने र सार्वजनिक गरिने संस्थाहरूको कार्य प्रणालीको अध्ययन अवलोकन गरी सुधार गर्नुपर्ने देखिएको बताए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.