बैतडी । बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक बर्षका लागि संघीय सरकारबाट ५ अर्ब ७० करोड ८२ लाख बराबरको बजेट पाएका छन् । अन्तर सरकारी बित्तीय हस्तान्तरण अन्तर्गत आगामी आर्थिक बर्षका लागि सो बजेट विनियोजन गरिएको हो ।
-
दशरथचन्द नगरपालिकामा ५० करोड १४ लाख,
-
पाटन नगरपालिकामा ४८ करोड १४ लाख,
-
पुर्चाैडी नगरपालिकामा ४७ करोड ५० लाख,
-
मेलौली नगरपालिकामा ३६ करोड ४५ लाख,
-
डिलासैनी गाउँपालिकामा ३३ करोड ८४ लाख,
-
दोगडाकेदार गाउँपालिकामा ३८ करोड २५ लाख,
-
पञ्चेश्वर गाउँपालिकामा २८ करोड ५८ लाख,
-
शिवनाथ गाउँपालिकामा २६ करोड ८४ लाख,
-
सिगास गाउँपालिकामा २९ करोड ९२ लाख र
-
सुर्नया गाउँपालिकामा ३१ करोड १६ लाख बजेट विनियोजन भएको छ ।
चालु आर्थिक बर्षको भन्दा आगामी आर्थिक बर्षको बजेट केही कम रहेको बताइएको छ ।