सागर डिष्टिलरीले आइपीओ जारी गर्ने, बोलायो विशेष साधारण सभा

Image

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ ।

प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले आगामी वैशाख १५ गते सभा बोलाएको हो ।

कम्पनीको चैत २९ गते बसेको सञ्चालक समिति बैठकले सो दिन सभा गर्ने निर्णय गरेको हो । सभामा यस कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, कम्पनीको जारी पुँजी वृद्धि गर्नेका लागि प्रबन्धपत्रको दफा ६(१) (ख) संशोधन गर्ने सम्बन्धमा छलफल हुनेछ ।