Khabar Board

शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति : घर छैन, बैंकमा मात्रै झण्डै ८ करोड

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड रुपैयाँ देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड रुपैयाँ देखिएको हो ।

सम्पत्ति विवरणमा मन्त्री श्रेष्ठको नाममा रहेको बैंक खातामा १ करोड ५२ लाख र उनका श्रीमान् पावल स्विन्स्कीको नाममा ५ करोड ५७ लाख ८४ हजार ११९ गरी कुल ७ करोड ९८ लाख चार हजार ११९ उल्लेख छ । उनले काभ्रेमा ९ लाख ९५ हजारमा ८–६–३० क्षेत्रफलको जग्गा किनेको देखिन्छ । श्रेष्ठले उक्त जग्गा संयुक्त नाममा रहेको र आफ्नो पारिश्रमिकबाट किनेको उल्लेख गरेकी छन् ।

उनले चल सम्पत्तितर्फ ११ तोला सुन रहेको, जसमध्ये २०७५ असार ८ गते विवाह हुँदा १० तोला सर १ तोला आफ्नी हजुरआमाको मृत्युपछि पाएको विवरणमा लेखेकी छन् । श्रेष्ठले आफूले १०० तोला चाँदी विवाहमा उपहार पाएको र हिराको सेट र हिराको टप पनि रहेको उल्लेख गरेकी छन् ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.