Khabar Board

चालु वर्षको बजेट संशोधन : १५ खर्ब ३० अर्ब बजेट खर्च हुने

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ मा १५ खर्ब ३० अर्ब ३५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै चालु वर्षको असार मासान्तसम्म कुल विनियोजित बजेटमा संशोधन गरिएको बताएका हुन् ।

कुल विनियोजनको ८७.४ प्रतिशत खर्च हुने संशोधित अनुमान गरिएको छ । अर्थमन्त्री पुनले चालु वर्षमा चालुतर्फ १० खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ हुने अनुमान गरेका छन् । विनियोजनको ९३.५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

त्यस्तै पुँजीगततर्फ दुई खर्ब १५ अर्ब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छन् । विनियोजनको ७१.३ प्रतिशत वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ४७ अर्ब ५५ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान गरिएको छ । यो विनियोजनको ८०.५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.