Khabar Board

सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम भने १ लाख २४ हजार ५५ रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भएको हो ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.