बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Image

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलाको ५ सयले बढेर एक लाख ४९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ४ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला ५ रुपियाँले घटेर तोलाको १९७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।