काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा दुई हजार २०० रुपैयाँले घटेर कारोबार भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।