सुनको मूल्य अहिलेसम्मको महँगो, तोलाको कति पुग्यो ?

Image

काठमाडौं । मंगलबार सुनको भाउले रेकर्ड राखेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढ्दै अहिलेसम्मकै महँगो भएको हो । सोमबार सुनको मूल्य १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।

आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँ बनाउँदै उच्च रेकर्ड बनाएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।