सान्भी इनर्जीले पायो आईपीओ स्वीकृति

Image

काठमाडौं । सान्भी इनर्जीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएको छ ।

बोर्डले कम्पनीलाई ३७ लाख ९० हजार कित्ता सेयर निष्कासनका लागि स्वीकृति दिएको हो । प्रभावित स्थानीय र सर्वसाधारणलाई अंकित मूल्य १ सयका दरले यो सेयर निष्कासन हुनेछ ।

कम्पनीको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । यस कम्पनीले इलामको सूर्योदय नगरपालिकामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ।