Khabar Board
Flash logo up side
flash header

बैशाख २८ देखि लगातार ६ दिन विद्यालय बन्द

Nirbachan m

काठमाडौ ।

स्थानीय तहको निर्वाचन केन्द्र रहेका बिद्यालयहरु २८ देखि ३० गतेसम्म बन्द हुने र त्यसलगत्तै सनिवार र बुद्ध जयन्ती पर्ने भएकोले लगातार ६ दिन बन्द हुने भएका छन्।

मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द हुने र ३१ गते शनिबार , जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णय र २ गते बुद्धजयन्ती परेका कारण ६ दिन बन्द हुने भएका हुन्।

Center article

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइसकेको छ।

यद्यपि सरकारले हप्तामा दुई दिन सार्वजनिक दिने निर्णय निजि शिक्षण संस्था र संचालकहरुले भने नमान्ने जनाएका छन, भने सरोकारवालाहरुले समेत शिक्षण संस्था दुइदिन बन्द रहने सरकारको निर्णय अबैज्ञानिक रहेको बताएका छन।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.