काठमाडौं ।
शिक्षक सेवा आयोगले असार ११ गते विहान ८ बजेदेखि सञ्चालन हुने निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को केन्द्र निर्धारण गरेको छ ।
आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्र निर्धारण गरेको हो । उक्त परीक्षाका लागि कायम गरिएको परीक्षा केन्द्र सम्बन्धी केन्द्रगत उम्मेदवारहरुको रोल नम्बरसहितको विवरण सम्बन्धित सबैको जानकारीका प्रकाशन गरेको छ ।
आयोगले गत चैत १७ गते २ हजार ५९८ रिक्त पदको लागि सञ्चालन गरेको सामान्यतर्फको परीक्षामा ७६ हजार ८०६ सहभागी थिए । जसमध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका छन् ।
निमावि विषयगत परीक्षाको केन्द्र

शिक्षक सेवा आयोगले असार १३ गते विहान ८ बजेदेखि सञ्चालन हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को केन्द्र निर्धारण गरेको छ ।
आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्र निर्धारण गरेको हो । उक्त परीक्षाका लागि कायम गरिएको परीक्षा केन्द्र सम्बन्धी केन्द्रगत उम्मेदवारहरुको रोल नम्बरसहितको विवरण सम्बन्धित सबैको जानकारीका प्रकाशन गरेको छ ।
प्रावि विषयगत परीक्षाको केन्द्र

यो पनि : माविको विषयगत परीक्षाको केन्द्र सार्वजनिक, कसको कहाँ? (हेर्नुस् केन्द्र)
















